तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

सहयात्रा टिभी

दमौली । फागुन ७, तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

फाइल तस्वीर

बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 19 February, 2024

प्रतिक्रिया दिनुहोस्