उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले झुक्याएको महामन्त्री गगनको टिप्पणी

सहयात्रा टिभी

काठमाडौं । फागुन ७, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्छु भनेर राजनीतिक भागवण्डा नै गरेको आरोप लगाएका हुन् ।

विश्वविद्यालयको नेतृत्व चयनदेखि नै त्रिभुवन विश्वविद्यालयमा सुधार गर्नुपर्नेमा प्रधानमन्त्रीले पुनः गल्ती दोहार्‍याएको थापाले बताए ।

विश्वविद्यालय सुधार गर्न उपकुलपति नियुक्तिदेखि नै ध्यान दिनुपर्ने र यसपटक राम्रो अवसर आउँदा पनि गुम्न लागेको महामन्त्री थापाले बताए । उनले प्रधानमन्त्रीले चाहेमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने धारणा राखे ।

महामन्त्री थापाले अगाडि भने, ‘सच्याउनुभएन र भागबण्डा नै गर्नुभयो भने भोलि गएर उहाँले यो विषयका बारेमा अनेकन ठाउँमा गएर उच्चशिक्षा राम्रो बनाउनुपर्छ, विश्वविद्यालय राम्रो बनाउनुपर्‍यो भन्नेकुराको कुनै पनि तुक रहँदैन ।’

 

प्रकाशित : 19 February, 2024

प्रतिक्रिया दिनुहोस्