हिन्दु राष्ट्रको पक्षमा शशांक कोइरालाले पनि गरे हस्ताक्षर

सहयात्रा टिभी

काठमाडौं । फागुन ८, सनातन हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानमा नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको छ । मंगलबार पूर्व महामन्त्री कोइरालाले पनि अभियानको पक्षमा हस्ताक्षर गरेका हुन् ।

यससँगै अभियानको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ । हालसम्म ४०० बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको अभियानका नेताहरुले बताएका छन् ।

 

 

 

प्रकाशित : 20 February, 2024

प्रतिक्रिया दिनुहोस्