श्रीलंकाको जेलमा रहेका नेपालीलाई आममाफी दिन सरकारको अनुरोध

सहयात्रा टिभी

काठमाडौं । फागुन ८, सरकारले श्रीलंकाको जेलमा रहेका ३ नेपालीलाई आममाफी दिन अनुरोध गर्ने भएको छ ।

नेपाली नागरिकहरु चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङ श्रीलंकाको जेलमा कैदी जीवन बिताइरहेका छन् ।

उनीहरुको कैद सजाय मानवीय आधारमा आममाफीका लागि श्रीलंकाका राष्ट्रपतिसमक्ष अनुरोध पठाउन ६ फागुनको मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ ।

 

 

 

प्रकाशित : 20 February, 2024

प्रतिक्रिया दिनुहोस्