कांग्रेसका महासमिति बैठकको समापन अघि पदाधिकारी बैठक बस्ने

सहयात्रा टिभी

काठमाडौं । फागुन १०, नेपाली कांग्रेसका महासमिति बैठकको समापन अघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गोदावरीमा बस्ने भएको छ ।

बैठकको बन्द सत्रबाट आएका सुझावहरुलाई प्रदेश सभापतिहरुले शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यतालिका छ ।

बुधबारदेखि सुरु भएको प्रतिवेदनमाथि छलफल बिहीबार बिहानी सत्रमा पनि जारी छ । प्रतिवदेनमा प्रतिनिधिले राख्ने धारणा सकिए लगत्तै सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।

बैठक गोदावरीस्थित भिलेज रिसोर्टमा बस्ने भएको छ । शीर्ष नेताको बैठक पछि आज नै समापन समारोह गरिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।

सोमबारदेखि सुरु भएको महासमिति बैठकमा बुधबारदेखि प्रतिवेदन माथि प्रतिनिधिले धारणा राखिरहेका छन् ।

 

प्रकाशित : 22 February, 2024

प्रतिक्रिया दिनुहोस्