सेल्फी खिचेकै कारण परिवारले नै देश छड्नुपर्‍यो

सहयात्रा टिभी

विश्वमा तपाई हामीलाई चकित पार्ने घटना दिनानुदिन आईरहेका हुन्छन् । यस्तै मध्ये तपाईलाई सेल्फी खिचेकै कारण देश छड्नुपरेको घटना सुन्दा अचम्म र अपत्यारिलो लाग्न सक्छ । यो कुनै दन्त्यकथा भने होईन ।

मिस यूनिभर्स प्रतियोगिताको दौरानमा मिस इराक सारा इदानले मिस इजरायल अदार गेंडल्सम्यानसँग सेल्फी खिच्दा ठूलो मूल्य चुकाउनु परेको छ । यही सेल्फीको निहुमा साराको परिवारलाई धम्की आयो र उनीहरुले देश छोड्नुपर्ने अवस्था आयो ।

यसै वर्ष १४ नोभेम्बरमा मिस युनिभर्स २०१७ प्रतियोगिताका दौरान साराले अदारसँग सेल्फी खिचेर आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । यो सेल्फी पोष्ट गरेको तथा प्रतियोगिताका लागि बिकनी सुट गराएको निहुमा सारालाई धम्की आएकै कारण उनको परिवारले देश छाड्नु परेको हो । सेल्फी पोष्ट गर्नासाथ सारा र उनको परिवारलाई ज्यान मार्ने तथा मिस इराकको उपाधि खोस्ने धम्कीहरु आएका थिए ।

सारा इदानले सम्पूर्ण घटनालाई लिएर एउटा ट्विट पनि गरेकी छिन् । उनले लेखेकी छिन, ‘म पहिलो र अन्तिम व्यक्ति होइन, जसले व्यक्तिगत स्वतन्त्रतालाई लिएर यस प्रकारको निर्णय लिनुपरेको होस । लाखौं इराकी महिलाहरु यस्तै प्रकारको डरमा बाँच्न विवश छन् साराले भनिन् ।’

प्रकाशित : 20 December, 2017

प्रतिक्रिया दिनुहोस्