रूससँगको युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको पुष्टि

सहयात्रा टिभी

किभ । फागुन १४, रूससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन् । तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्वजनिक नगर्ने जनाएका छन् ।

सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको संख्या सार्वजनिक गर्दैन थिए तर रूससँगको युद्ध सुरु भएको दुई वर्ष पुगेको अवसरमा उनले यो संख्या सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्ध ग्रस्त क्षेत्रको खर्च गर्न नपाए पछि ज्यान जोखिममा पर्दै गए पछि यो तथ्यांक सार्वजनिक गर्नु परेको बताएका छन् ।

‘अहिले प्रतिबद्धताले युक्रेनका लागि पर्याप्त छैन, त्यसले कुनै काम गर्दैन,’ रुस्तम उमरोभले आइतबार टेलिभिजन सम्बोधनमा भनेका छन् । युक्रेनले हाल रुसलाई आफ्नो क्षेत्रबाट धपाउने आफ्नो मिसनमा विभिन्न प्रकारका अवरोधहरू भोगिरहेको छ ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले नोभेम्बरमा चेतावनी दिएका थिए कि मार्चसम्म १० लाख तोपखाने गोलाहरू उपलब्ध गराउने योजना पूरा हुने छैन।
जनवरीमा, युरोपेली संघले यी मध्ये आधा भन्दा बढी समय सीमामा युक्रेनमा पुग्ने र २०२४ को अन्त्यसम्म पूर्ण प्रतिज्ञा गरिएको रकम त्यहाँ नपुग्ने बताए पछि युक्रेनको अवस्था थप दयनीय हुन सक्ने जनाइएको छ ।

प्रकाशित : 26 February, 2024

प्रतिक्रिया दिनुहोस्