माओवादी केन्द्रको स्थायी समिति बैटक आज पनि जारी

सहयात्रा टिभी

काठमाडौँ । फागुन १६, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजोदेखि जारी बैठकले आज नेताहरुको कार्यविभाजनबारे टुंगो लगाउने छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद तथा राष्ट्रियसभा अध्यक्षको विषय पनि गम्भीर छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । माओवादीले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्ने तयारी समेत गरेको छ। हिजोको बैठकमा संसदीय फाँट र पार्टीको काममा अलग–अलग जिम्मेवारी तोक्नेगरी इन्चार्ज हेरफेर गर्ने छलफल भएको थियो ।

हिजोको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले कांग्रेससँगको सहकार्य र गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । यसैगरी, राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिन नहुने धारणासमेत आएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा आफ्नो धारणा राख्नेछन् ।

प्रकाशित : 28 February, 2024

प्रतिक्रिया दिनुहोस्