केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पस्मिना निर्यातमा अब हामी विश्वमै राज गर्छौं – बिजयकुमार दुगड, उपाध्यक्ष, नेपाल पस्मिना संघ

सहयात्रा टिभी

काठमाडौं । नेपालमा पस्मिनाको निर्यात जुन छ, यो बर्षको पहिलो चार महिनामा १६ प्रतिशतले घटेको हामीले तथ्याङ्क पाएका छौं । अहिलेको तथ्याङ्ककको हिसाबले यो करिब– करिब गत आर्थिक बर्षको हाराहारीमा छ । धेरै घटेको पनि छैन, बढेको पनि छैन । नेपालबाट पस्मिनाजन्य बस्तुको निर्यात जुन छ यो अन्तर्राष्ट्रिय बजारमा करिब एक सय भन्दा बढी मुलुकमा हुन्छ । तर, प्रमुख निर्यात चाहिं १५÷२० वटा देशमा हुन्छ । यसमा अमेरिका, जापान, जर्मनी, युके तथा युरोपका अन्य मुलुकहरुमा अली बढी निर्यात हुन्छ ।
यसको बिक्री धेरै कुरामा निर्भर गर्छ जस्तो –यहाँ शान्ति सुरक्षाको स्थिति कस्तो छ ? त्यसमा पनि अझ पर्यटन उद्योगमा धेरै निर्भर गर्छ । जति बढी पर्यटकको आगमन भयो, त्यति नै यसको बिक्री राम्रो हुन्छ ।
आजको स्थितिमा अन्तर्राष्ट्रिय बजारमा च्याङग्रा पस्मिनाको उत्पादनको स्थिति राम्रो छ । हामीले च्याङ्गा पस्मिनाको ट्रेड मार्क जुन ल्याएका छौं, अन्तर्राष्ट्रिय बजारमा यसको प्रमोसन गरिरहेका छौं र यो राम्रो पनि भैरहेको छ । यसको गुणस्तर पनि उत्तिकै राम्रो भएर गैरहेको छ । खासगरेर अमेरिका, जापान जहाँ ठूलो बजार छ, त्यहाँ हामीले मार्केटिङका लागि धेरै प्रवद्र्र्यनका गतिविधि ग¥यौं । त्यहाँ हुने बिभिन्न ब्यापार मेलामा हामी नियमित सहभागी पनि भैराखेका छौं । हाम्रो संघका दश–दश जना सदस्य साथीहरु ती मेलामा सहभागी भैराख्नु भएको छ । यसले पनि हाम्रो निर्यातमा बृद्धि भएको छ ।
आजभन्दा आठ दश बर्ष अगाडिको तथ्याङ्क लिनुभयो भने त्यो बेला आठ–दश अर्बको निर्यात भएको पाइन्छ । त्यसपछि बिचमा सन २००५ तिर आएर यो १ अर्बमा झ¥यो । अहिले फेर हामीले च्याङग्रा पस्मिनालाइ ४७ वटा देशमा पु¥याएका छौं । ती देशमा प्रर्वद्यनात्मक गतिविधि गरेपछि फेरि यसले पिकअप लिएको छ । अहिले करिब–करिब ३ अर्ब जतिको निर्यात भैरहेको छ । यो किसिमले हामीले प्रमोसनको काम जारी राख्यौं भने हामी पुरानो स्थितिमा पुग्ने सम्भावना छ ।
नेपालले नै अन्तर्र्राष्ट्रिय जगतमा पस्मिनाको पहिचान गराएको हो । त्यसपछि अन्य देशहरुले पस्मिनाको नाममा गलत प्रोडक्ट निर्यात गरे, सस्तोमा बेचे, यसले हाम्रो असल उत्पादनलाइ अशर ग¥यो । हामी ट्रेडमार्कसहित बजारमा पठाउँछौं । यसैले गर्दा हामी हाम्रो बजार पुनः प्राप्त गर्ने स्थितिमा छौं ।
पस्मिना एउटा उच्च मूल्यको बस्तु (हाइ भ्यालु आइटम) हो । यो धनी बजार (रिच मार्केट ) को उत्पादन भएको कारणले गुणस्तरमा हामीले जति ध्यान दिन सक्यौं उत्तिकै बजार बढने हो । गुणस्तरमा ध्यान दिएर निर्यात बढाए हामी हाम्रो बजार पुनः प्राप्त गछौं र पहिलाको भन्दा पनि बढी निर्यात गर्न सक्छौं ।
(सहयात्रा टीभीसंगको कुराकानीमा आधारित )

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्