बल्ल भेटियो स्वर्गको ढोका, ९९९ सिंढी चढ्नु पर्छ

सहयात्रा टिभी

दुनियाँमा को मानिस होला जसलाई स्वर्ग पुग्ने चाहना नहोस् ? तर स्वर्गको अनुभव गर्न चाहने कोही पनि मानिसलाई मर्ने इच्छा चाहीं हुँदैन । अर्थात् जिउँदै स्वर्ग पुग्न पाए हुन्थ्यो भन्ने कल्पना हुन्छ सबैको । तर नमरी स्वर्ग देखिन्न भन्ने उखान अनुसार जिउँदै स्वर्ग पुग्न नसकिने यथार्थले मन अमिलो बनाउँछ ।
तर दुःखी हुने कारण छैन । किनकी जिउँदै स्वर्ग जाने ढोका चीनमा पत्ता लागेको छ । उक्त स्वर्गको ढोकामा पुग्नका लागि ९ सय ९९ वटा सिंढी चढ्नुपर्छ ।

वास्तवमा चीनमा एउटा पहाडमा झण्डै ५ हजार फिटको उचाइमा एक गुफा छ । जुन दुनियाको सबैभन्दा अग्लोे गुफा हो । उक्त गुफालाई स्वर्गको ढोका पनि भनिन्छ । सन् २५३ मा पहाडको केही भाग खसेपछि उक्त गुफाको निर्माण भएको बताइन्छ । यो गुफाको लम्बाइ १९६ फिट तथा उचाई ४३१ फिट तथा चौडाई १८७ फिट छ । पहाडको धेरै उचाइमा रहेका कारण यो गुफा प्रायः बादलले ढाकिएको हुन्छ । सोही कारण पनि यसलाई स्वर्गको ढोका भनिन्छ । उक्त गुफामा जानका लागि केवल कार चढ्नुपर्छ ।

दुनियाँको सबैभन्दा लामो तथा सबैभन्दा उचाइमा रहेको उक्त केवल कारको लम्बाई २४ हजार ४५९ फिट छ । यो केबलकार गिनिज बुकमा दर्ज छ । केबलकार तथा त्यसपछि थोरै सडकमार्गबाट ओर्लिसकेपछि गुफासम्म पुग्नका लागि ९ सय ९९ वटा सिंढी उक्लिनुपर्छ । ताओ दर्शनका अनुसार ९९९ सिंढी सर्वोच्च नम्बर हो र सम्राटको प्रतिक हो ।

बीसौं शताब्दीमा तियानमेन पहाडमा एक झरना पनि थियो जुन केवल १५ मिनेटका लागि मात्र देखा पर्दथ्यो र त्यसपछि दिनभरका लागि हराउँथ्यो । झरनाको पानी १५ सय फिटबाट सिधै तल र्झदथ्यो । तर अहिले उक्त झरनाको नामोनिसान छैन । स्वर्गको ढोका तथा यस्तो अद्भुत झरनाको इतिहास रहेको उक्त पहाडमा ठूलो परिमाणमा खजाना लुकाइएको विश्वास गरिन्छ ।

प्रकाशित : 20 December, 2017

प्रतिक्रिया दिनुहोस्