कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने पदाधिकारी बैठकको निर्णय

काठमाडौं । फागुन २१, नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।
सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए ।
कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले बताए । प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना सदस्य छन् ।