गाजामा अमेरिकी सैन्य विमानबाट खाना सहित मानवीय सहायता उपलब्ध

सहयात्रा टिभी

काठमाडौं । फागुन २१,  एजेन्सी -संयुक्त राज्य अमेरिकाले गाजामा पहिलो पटक तीन वटा अमेरीकी सैन्य विमानबाट ३० हजार भन्दा बढीका लागि खाना सहितका मानवीय सहायता उपलब्ध गराएको छ ।

जोर्डनको वायुसेनासँग संयुक्त रूपमाअघि बढाइएको कार्यक्रममार्फत राष्ट्रपति जो बाइडेनले घोषणा गरेका धेरै सहायताका कार्यक्रम मध्ये यो पहिलो भएको बीबीसीले जनाएको छ ।

उत्तरी गाजामा जारी भोकमरीका कारण सहायता उपलब्ध गराएको एक प्रख्यात सहायता सस्थाले जनाएको खबरमा उल्लेख छ । गएको बिहीवार गाजामा सहायता कुरिरहेका भिडमा आक्रमण हुँदा एक सय १२ जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।

गाजामा ६ हप्ताको युद्धविरामको लागि सम्झौता गरे अनुरुप पहिलो अमेरिकी हवाई सेवा भएको एक अमेरिकी अधिकारीले बताएका छन् ।

इजरायलले सम्झौतालाई स्वीकार गरिसकेको र गाजाले बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको खबरमा उल्लेख छ ।

 

प्रकाशित : 4 March, 2024

प्रतिक्रिया दिनुहोस्