गठबन्धन टिकाउन ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने : वामदेव गौतम

काठमाडौं । फागुन २२, राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमाले र माओवादी केन्द्रसहितको गठबन्धन बन्नु सुखद रहेको भन्दै यसलाई टिकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने बताएका छन् ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विगतमा पनि ओलीले अपमान गरेका कारण प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य गरेको बताए ।
अहिलेको गठबन्धन प्रधानमन्त्री प्रचण्डको चाहनामा नभई ओलीको चाहनामा बनेको गौतमले बताए । २०८४ मा शक्ति आर्जन गर्ने उद्देश्यले ओलीले कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याएको उनको भनाइ छ ।
गठबन्धन टिकाउन ओली नै लाग्नुपर्ने भन्दै गौतमले त्यसका लागि भुलसुधार गर्नुपर्ने बताए ।