बागमती प्रदेश सरकारबाट आजै कांग्रेसका ६ मन्त्रीले राजीनामा दिने

सहयात्रा टिभी

काठमाडौं । फागुन २३,  बागमती प्रदेश सरकारबाट आजै नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा दिने भएको छ ।

केन्द्रमा माओवादी केन्द्रले काङ्ग्रेससङ्गको गठबन्धन तोडेपछि बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो ।

आज दिउँसो प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई नेपाली कांग्रेसका ६ जना मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउने नेपाली कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए ।

बागमती प्रदेशमा१२ वटा मन्त्रालयहरु मध्ये कांग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । कांग्रेसबाट २०७९ चैत २६ मा आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुरसिंह लामा र खानेपानी तथा सिंचाई मन्त्रालयमा तीर्थबहादुर लामा मन्त्री बनेका थिए । मन्त्री लामाद्वय विदेश भ्रमणबाट फर्किएसँगै हेटौंडा आउँदै छन् ।

यस्तै २०८० जेठ ७ गते   वन तथा वातावरण मन्त्रालयमा मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयमा  पुकार महर्जन, स्वास्थ्य मन्त्रालयमा  उत्तम जोशी मन्त्री नियुक्त भएका थिए ।

 

 

 

 

प्रकाशित : 6 March, 2024

प्रतिक्रिया दिनुहोस्