बन्द अवस्थामा रहेका उद्योग सञ्चालनमा ल्याउन माधव सापकोटाले सरकारलाई आग्रह

सहयात्रा टिभी

काठमाडौँ । फागुन २४, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ९ वटा रुग्ण र बन्द अवस्थामा रहेका उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बन्द रहेका ९ वटा सरकारी स्वामित्वका उद्योग तत्काल सञ्चालनमा ल्याउन सकिने खालको रहेको बताए ।

‘९ वटा रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन अर्थमन्त्रीलाई आग्रह गर्न चाहन्छु’ उनले भने ।

अहिले आम नेपाली निराशामा रहेको भन्दै उनले नयाँ मन्त्रिपरिषदले नागरिकलाई आशावादी बनाउनुपर्ने बताए ।

 

प्रकाशित : 7 March, 2024

प्रतिक्रिया दिनुहोस्