प्रधानमन्त्रीद्धारा प्रतिनिधि सभा बैठकमा सम्बोधन

काठमाडौँ । फागुन २४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।

नियमित कार्यसूचीमा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको तालिका नभए पनि उहाँले आग्रह गरेकाले सम्बोधनका लागि समय छुट्याइएको संसद् सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले समसामयिकलगायत विभिन्न विषयमा संसदमार्फत जानकारी गराउन लाग्नुभएको हो ।
आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । राष्ट्रिय सभाको आजको बैठकमा गएको माघमा भएको चुनावबाट निर्वाचित भएर आएका १९ जना सदस्य पहिलो पटक सहभागी हुनेछन् ।