डिसहोमलाई इमर्जिङ्ग ब्राण्ड अवार्ड र ‘सीइओ अफ द इयर’
काठमाण्डौं । नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टेलिभिजन प्रविधि भित्र्याएको डिसहोमले डिसहोमलाई इमर्जिङ्ग ब्राण्ड अवार्ड र ‘सीइओ अफ द इयर’ अवार्ड प्राप्त गरेको छ ।
राजधानीको सोल्टी क्राउन प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड–२०१७ मा डिसहोम पुरस्कृत भएको हो । यसका साथै डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले सीइओ अफ द इयर–२०१७ को आवार्ड समेत प्राप्त गरेका छन् । थाइल्याण्डको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिसहोमलाई २ महत्वपूर्ण अवार्ड प्राप्त भएको हो । कार्यक्रममा नेपालका विभिन्न कम्पनीहरुको सहभागिता थियो ।
डिसहोम नेपालको टेलिकम क्षेत्रमा सबैभन्दा छिटो अघि बढेको कम्पनी हो । सन् २००९ देखि सेवा शुरु गरेको डिसहोमले नेपालमा डिजिटल टिभी सिग्नललाई नेपालभर विस्तार गरी देशलाई महत्वपूर्ण योगदान पु¥याईरहेको छ । समय, प्रविधि र ग्राहकको चाहनालाई सहज रुपमा पूर्ति गर्न सक्नु, सेवाको सहज उपलब्धता हुर्नु, बिक्रीपछिको सेवा सस्तो र सहज हुनु तथा कम्पनीको व्यवस्थापन चुस्त दुरुस्त हुनु आफूहरुको सफलता भएको कम्पनीले जनाएको छ । यी महत्वपूर्ण पुरस्कार प्राप्तीले कम्पनीलाई अझै जिम्मेवार तथा आफ्नो सेवाहरुलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने हौसला मिलेको कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले बताएका छन् ।