कांग्रेस संसदीय दलको कार्यसमितिको बैठक आज

सहयात्रा टिभी

काठमाडा‌ै । फागुन २७, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । २९ फागुनका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

संसदीय दल कार्यसमितिले पूर्णता भने पाएको छैन । संसदीय दलको कार्यसमितिमा हाल सभापति शेरबहादुर देउवा, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक छन् ।

 

प्रकाशित : 10 March, 2024

प्रतिक्रिया दिनुहोस्