राष्ट्रपतिद्धारा मण्डनदेउपुरको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

सहयात्रा टिभी

काठमाडा‌ै । फागुन २७, राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको चाहना अनुसार सेवा प्रवाह हुन सकेमा संविधानले परिकल्पना गरेका लक्ष्य पूरा हुने बताएका छन् ।

आइतबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले संविधानको भावना तथा संघीयताको मर्म अनुरुप राज्यबाट सेवा प्रवाह हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने पनि धारणा राखे ।

मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना ठूला कोठा, दुई वटा हल, प्रत्येक फ्लोरमा अपाङ्गता मैत्री शौचालय, महिला र पुरुषका लागि छुट्टै शौचलय निर्माण तथा लिफ्ट जडान गरिएको उपप्रमुख विष्णुमणि नेपालले जानकारी दिए ।

 

प्रकाशित : 10 March, 2024

प्रतिक्रिया दिनुहोस्