राष्ट्रिय सभा अध्यक्ष चुनावबारे सत्ता पक्षीय दलका सांसदहरुबीच छलफल

सहयात्रा टिभी

काठमाडौं । फागुन २९, राष्ट्रिय सभा अध्यक्ष चुनावको सन्दर्भमा सत्तापक्षीय दलका सांसदहरुबीच छलफल भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच छलफल भएको हो ।

नयाा वानेश्वर स्थित संसद भवनको लोत्सेहलमा सत्ता पक्षीय दलका सांसदहरुबीच छलफल भएको हो ।

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका नेताहरु उपस्थित छन् ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदैछ । अध्यक्षका लागि गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसबाट युवराज शर्माले सोमबार मनोनयन दर्ता गराएका छन् ।

 

प्रकाशित : 12 March, 2024

प्रतिक्रिया दिनुहोस्