भारत सरकारद्धारा नागरिकताबारे संशोधित कानुन लागु
सहयात्रा टिभी
काठमाडौं । फागुन २९, भारत सरकारद्धारा मुस्लिमबाहेक अन्य धर्मका आप्रवासीलाई नागरिकता दिन बनाएको कानुन लागु गरेको छ ।
लोकसभा निर्वाचनको सम्मुखमा हिन्दु अतिवादको राजनीति गरिरहेको आरोप खेपिरहेको भारतीय जनता पार्टीको सरकारले यस्तो निर्णय लिएको हो ।
केन्द्रीय गृहमन्त्री अमित शाहले नागरिकता संशोधन ऐनको नयाँ नियम लागु भएको बताएका छन् ।
उनको भनाइ उद्दृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘मोदी सरकारले लागु गरेको नागरिकता संशोधन कानुन २०२४ ले पाकिस्तान, बंगलादेश, अफगानिस्तानमा धार्मिक उत्पीडनमा परेर भारत आएका अल्पसंख्यकहरुले नागरिकता लिन मिल्नेछ ।’
यस कानुन अनुसार सन् २०१४ को ३१ डिसेम्बरअघि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट भारत आएका हिन्दू, सिख, बौद्ध जैन, पारसी तथा इसाइ समुदायलाई नागरिकता दिने उल्लेख छ ।