कोरियाले अब ईपीएस मार्फत थप ३ वटा क्षेत्रमा नेपाली श्रमिक लैजाने

सहयात्रा टिभी

काठमाडौं । चैत १, दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ ।

 

कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने जारी दिएको हो । अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै श्रमिक लगिरहेको छ।

रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदारहरु कोरिया पठाउने कार्य नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच भएको द्विपक्षीय सम्झौताको आधारमा कार्यान्वयन हुने भन्दै महानिर्देशक घिमिरेले यो प्रक्रियामा नेपाल सरकार र दक्षिण कोरिया सरकारबाहेक अन्य कुनै पनि पक्षको संलग्नता नहुने स्पष्ट गरे ।

रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार कोरिया पठाउने कार्य दुई देशबीच भएको सम्झौता बमोजिम निष्पक्ष, पारदर्शी र व्यवस्थित रुपमा हुने शाखाले स्पष्ट गरेको छ ।

 

प्रकाशित : 14 March, 2024

प्रतिक्रिया दिनुहोस्