सुताईबाटै थाहा हुन्छ तपाईको दाम्पत्य जीवन कस्तो छ

सहयात्रा टिभी

बैवाहिक जीवन मानिसका लागि अत्यन्तै आवश्यकीय र सुखमयी क्षणको रूपमा मानिंदै आएको छ । यसले पारिवारिक सम्बन्ध बलियो बनाउनका साथै जीवनमा नयाँ उर्जा उत्पन्न हुन्छ र समाजमा बेग्लै महत्व राख्छ । बिवाहपश्चात प्रत्येक दम्पतिहरू आफ्नो बैवाहिक जीवन सधैका लागि बलीयो र सुमधुर बनाउन चाहन्छन् । बैज्ञानिक अनुसन्धान अनुसार कसको बैवाहिक सम्बन्ध कति बलियो छ भन्ने आधार र प्रमाणहरू प्रशस्तै देखाएका छन् । तर, हालै गरिएको नयाँ खोज अनुसार सुताइको प्रकार अनुसार तपाइको बैवाहिक जीवन कस्तो र कति बलियो छ भन्ने देखाइएको छ । आउनुस् सुताइलाई आधार मानेर तपाइको बैवाहिक सम्बन्धबारे जान्ने कोशिस गर्नुहोस् ।

१) चम्चा आकारको सुताई–यसलाई अर्काे अर्थमा भन्न पर्दा ‘अर्ध भ्रुण, चाकविरुद्ध जनन’पनि भन्ने गरिन्छ । यस्तो प्रकारको सुताईले तपाइको बैवाहिक जीवनलाई शारिरीक सन्तुष्ट प्रदान गर्नुका साथै निकटता पनि प्रदान गर्छ । बैवाहिक बन्धनमा बाँधिएका जोडीहरू तीनदेखि ५ बर्षसम्म यस प्रकारले सुत्ने गरेको अध्यनले देखाएको छ ।

२) सुहागरातपछिको सुताई–यस्तो प्रकारको सुताईले एक आपसमा प्रेम सम्बन्ध बलियो बनाउनुका साथै यौन सम्बन्ध पनि बलियो बनाउने काम गर्छ । यसले दुवैको सम्बन्धलाई गहिराईसम्म पु¥याउन मद्धत पनि गर्छ । कारणबस् अलगिएर सुत्नुपरे अधिकांशले यहि पोजिसनलाई अपनाउने गरेको अध्यननले देखाएको छ ।

३) एक्ला–एक्लै सुताई– आफ्नो बैवाहिक जीवनलाई बलियो बनाउन र भविष्यकोबारे योजना बनाउन यस्तो प्रकारको सुताइले धेरै मद्धत पु¥याउने एक अध्यननले देखाएको छ । यस्ता सुताई अधिक लामो समय भने नरहने अध्यननले देखाएको छ ।

४) अंगालोमा बेरिएको सुताई– यो एक प्रकारको आलिंगन सुताई मानिन्छ । यस्तो प्रकारको सुताईले दुवैको बैवाहिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै घनिष्ठता बढाउन मद्धत पु¥याउँछ ।

५) थकान महसुस सुताई–यो दाइने फर्केर कोल्टे पाराले सुत्ने एक शैली हो । धेरै दम्पतीहरू यस्तो प्रकारको सुताईबाट आफूहरूलाई सुरक्षित महसुस गर्ने गर्छन् । यस्तो सुताईले दुबैको भावनालाई नजिक ल्याउने काम गर्छ र भविष्यमा दाम्पत्य जीवन सुखमयले गुजार्न मद्धत पु¥याउँछ ।

६) खुट्टा बोकाइने सुताई– अप्रत्यक्ष शारीरिक सम्पर्क स्थापित गर्न यस्तो सुताईले बैवाहिक जीवनमा धेरै मद्धत पु¥याउँछ । तर, कहिलेकाहीं आपसी विवादपछि आफ्नो जीवन साथीलाई फकाउन यस्तो प्रकारको सुताई प्रयोग हुने गरेको एक अध्यननले देखाएको छ । यो अधिक लामो समय नरहने पनि एक अध्यननले देखाएको छ ।

७) साझेदार सुताई– यस्तो सुताईले दाम्पत्य जीवनमा यौन सम्बन्ध बलियो बनाउन मद्धत पु¥याउनुका साथै दुवैबीचको असमझदारी हटाई नयाँ प्रेम सम्बन्ध कायम गर्छ । बैवाहिक जीवनमा यसतो प्रकारको सुताईको धेरै महत्व मानिंदै आएको छ र अधिकांश जोडीले यहि प्रकारलाई अंगाल्दै आएको एक अध्यननले देखाएको छ ।

८) जेन सुताई– यो एक प्रकारको अनौठो सुताई हो । जसलाई फराकिलो महसुस गर्दै सुतिन्छ । यो दुवैबीच असमझदारी कायमपछि सुतिने प्रकार पनि मानिन्छ । आपसी मनमुटाव भएपछि यस्तो प्रकारको सुताई प्रयोग हुने गरेको अध्यननले देखाएको छ । यो सुताई अधिक लामो समय नरहने पनि अध्यननले देखाएको छ ।

९) फराकिलो महसुसको सुताई–आपसी मनमुटाव दैनिक बढेर जानु र दाम्पत्य जीवनमा खटपट पैदा भएपछि अधिकांश जोडीले एक अर्कालाई नछुने तरिकाले सुत्ने बिधि फराकिलो महसुससहितको सुताई मानिन्छ । यो प्राय अधबैशको उमेरमा लागू हुने अध्यननले देखाएको छ । यस्तो सुताईबाट थाहा हुन्छ कि बिवाहित जोडीको बैवाहिक जीवन संकटमा पर्दैछ । या अर्काे अध्यननलाई मान्ने हो भने घुरेर सुत्ने दाम्पतिहरू एक अर्कालाई डिस्टर्व नहोस् भन्नका लागि पनि यस्तो सुताईको प्रयोग गर्ने गरेका छन् ।

१०) गंगटो आकारको सुताई–दैनिक कामकाजपछि शरीरलाई थकान महसुस गर्दै सुतिने प्रकार हो गंगाटो आकारको सुताई । आवश्यकता भन्दा बढी काम गरेपछि नव दम्पतीहरू यस्तो सुताई रूचाउने गरेको अध्यननले देखाएको छ । यस्ता प्रकारको सुताईले दुवैको यौन सम्बन्धलाई कमजोर बनाइ दैनिक झगडा र फौजदारी हुन सक्ने तथा यहासम्म की दुवैबीच अलग्गिएर बस्नुपर्ने वातावरण सिर्जना हुने अध्यननले देखाएको छ ।

प्रकाशित : 21 December, 2017

प्रतिक्रिया दिनुहोस्