नाइजेरियाको डेल्टामा झडप रोक्न खटिएका सैनिक मारिए

सहयात्रा टिभी

काठमाडौँ । चैत ४, नाइजेरियाको दक्षिणी राज्य डेल्टामा दुई समुदायबीचको झडप रोक्नका लागि अभियानमा खटिएको सैन्य टोलीका १६ जनाको हत्या भएको छ ।

डेल्टामा ओकुवामा र ओकोलोबा समुदायबीचको झडप रोक्न खटिएका नाइजेरियाली सैनिक मारिएका हुन् ।

साम्प्रदायिक शान्ति अभियानका लागि गएका उनीहरूलाई युवाको समूहले घेरेर मारेको सेनाका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । आक्रमणमा कमान्डिङ अफिसर, दुई मेजर, एक क्याप्टेन र १२ सैनिकको ज्यान गएको हो ।

सेनाले यो जघन्य अपराध रहेको र घटनामा संलग्नलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको छ । गएको बिहीवार भएको घटनापछि अहिलेसम्म केहीलाई पक्राउ गरिएको खबरमा उल्लेख छ । भूमिको स्वामित्वलाई लिएर दुई समुदायबीच झडप हुँदै आएको छ ।

 

प्रकाशित : 17 March, 2024

प्रतिक्रिया दिनुहोस्