एमालेका अध्यक्ष ओलीद्धारा गृहमन्त्री रवि लामिछानेको बचाउ

काठमाडौँ । चैत ६, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बद्नाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमितामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।
तर ओलीले भने सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताए । मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘के उनी (लामिछाने) सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’
रवि लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको दाबी गर्दै ओलीले यसलाई महत्व दिन आवश्यक नभएको बताए ।
बरु तत्कालीन समयमा कांग्रेसबाट भएका मन्त्रीले झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएर छानविन र अनुसन्धान प्रभावित गर्न खोजेको ओलीको दाबी गरे ।