संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू

सहयात्रा टिभी

काठमाडौँ । चैत ६, संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध जनाएको छ।

त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलको तर्फबाट दीपक गिरीलाई बोल्ने समय दिएका थिए। आकस्मिक समयमा सांसदले समसामयिक विषयवस्तुबारे धारणा राखिरहेका छन्।

त्यसपछि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन्। यसैबीच उपप्रधान तथा गृहमन्त्री रवि लामेछानेमाथि उठेका प्रश्नको जवाफ पनि प्रधानमन्त्री प्रचण्डले दिँदैछन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै जवाफ माग गरेको थियो।

 

प्रकाशित : 19 March, 2024

प्रतिक्रिया दिनुहोस्