नोबेल पुरस्कार विजेता बब डिलनको बायोपिक फिल्मको छायांकन सुरु
सहयात्रा टिभी
काठमाडौं । चैत ७, नोबेल पुरस्कार विजेता समेत रहेका अमेरिकी गायक तथा संगीतकार बब डिलनबारेको बायोपिक फिल्मको छायांकन सुरु भएको छ । फस्टलुक तस्वीर सार्वजनिक गर्दै निर्माताले बुधबार यसबारे जानकारी दिएका हुन् ।
डिलनको भूमिकामा पछिल्लो पुस्ताका चर्चित हलिउड अभिनेता तिमोथी चालमेटले अभिनय गर्दैछन् । चालमेटलाई तस्वीरमा आर्मी–ग्रीन ज्याकेट र न्यूजब्वाय क्यापमा देख्न सकिन्छ ।
डिलनको सांगीतिक जीवनको वर्णन गर्ने यो फिल्मको छायांकन यसैसातादेखि न्युयोर्कमा सुरु भएको सीएनएनले जनाएको छ । यो खबर सार्वजनिक भएपछि फ्यानमाझ यसले उत्साह र मजाक दुवैथरी प्रतिक्रिया सिर्जना गरेको छ ।