माओवादी केन्द्रको जागरण अभियान स्थगित गर्ने सर्कुलर जारी

सहयात्रा टिभी

काठमाडौँ । चैत ८, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जागरण अभियान स्थगित गर्ने सर्कुलर जारी भएको छ ।

पार्टीको ६ चैतमा बसेको पदाधिकारी बैकठले उक्त अभियान स्थगित गर्ने निर्णय भएको सर्कुलर जारी गरेको छ ।

‘पार्टीको पूर्व निर्धारित तराई–मधेश जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियानका कार्यक्रमहरू तयारीको कमीका कारण हाललाई स्थगित गरिएको छ’, जारी सर्कुलरमा भनिएको छ ।

माओवादी केन्द्रले ती अभियान स्थगित गरी सबै प्रदेश, जिल्ला, पालिका, वडा र टोल स्तरमा पार्टीका बैठकहरू आयोजना गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र जनसेवासम्बन्धी कामहरू गर्ने निर्णय गरेको जनाएको छ ।

 

 

 

प्रकाशित : 21 March, 2024

प्रतिक्रिया दिनुहोस्