छोरा जन्माउने कि छोरी जन्माउने, यस्तो छ सेक्स सूत्र
चाइनीज बैज्ञानिकको यो प्रविधि सत् प्रतिशत मिलेको बताउँदै आफूले करिब दुईसय जनालाई सल्लाह दिएकोमा धेरै जनाबाट धन्यवाद पाएको र कतैबाट गुनासो नआएको राज्यलक्ष्मी बताउँछिन् । छोरा पाउने अभिलाषाका साथ लिंग निर्धारण चिनिया क्यालेण्डरको अनुशरण गरेपछि यतिखेर चाहेकै सन्तान प्राप्त भएकोमा एकदम खुशी छन्, चौतारास्थित जुगल फोटो स्टूडियोका कृष्ण श्रेष्ठ । उहाँको परिवार यतिखेर छोरा र छोरीसँग रम्दै आइरहेका छन् । हिजोआज उहाँ यो क्यालेण्डरमा पुरै विश्वास गर्नुहुन्छ ।
सदरमुकाम चौतारास्थित सुवेदी हार्डवेयर सेन्टरका प्रोपाईटर चन्द्र सुवेदी ३ वटी छोरीपछि छोरा पाउन सफल भएका छन् । छोराको आशमा छोरी नै छोरी भएको र चाइनीज विशेषज्ञले आविष्कार गरेको क्यालेण्डरकै विधि अपनाएर उहाँको परिवारमा छोराको जन्म भएको सुवेदी बताउँछन् । चाइनीज विधि अत्यन्तै व्यवहारिक र सत् प्रतिशत सफल भएको उहाँको भनाई छ । चाइनीज विशेषज्ञले आविष्कार गरिएको यो क्यालेण्डर वेभ साईटमा पनि राखिएको छ ।
गुगलमा गई सर्च बक्समा Chinese Calender for Boy Or Girl वा Sex Determination टाईप गरी उक्त कुराको जानकारी लिन सकिन्छ । चाइनीज विशेषज्ञको यो आविष्कारको बारेमा अहिलेसम्म ६०–७० जनालाई यो सल्लाह दिएको र हालसम्म कुनै किसिमको गुनासो नआएको डिभिजन खानेपानी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत द्वारिकाबहादुर तामाङ बताउँछन् । चार्टको माथिल्लो तेर्सो हरफमा महिलाको उमेर दिएको छ । बायाँतर्फको ठाडो हरफमा महिना दिएको छ ।
उदाहरणको लागि तपाईको श्रीमति १८ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघमा गर्भ रहेमा छोरा, फागुनमा रहेमा छोरी र चैत्रदेखि मंसिर महिना सम्ममा गर्भ रहेमा छोरा हुनेछ । त्यस्तै तपाईको श्रीमति २२ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघ र फागुन महिनामा गर्भ रहेमा छोरा, चैत्रमा गर्भ रहेमा छोरी, बैशाखमा रहेमा छोरा हुनेछ । यसका लागि तपाईको श्रीमतिको उमेर वास्तविकमा आधारित हुनुपर्नेछ । उमेरमा तलमाथि परेमा तपाईको योजना विफल हुनेछ । तसर्थ, आफ्नो श्रीमतिको उमेर किटान गरेर मात्र छोरा या छोरी जन्माउने निधो गर्नोस् ।