अमृत साइन्स क्याम्पसमा अखिल र क्रान्तिकारीबीच झडप

काठमाडौँ । चैत १९, लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवदी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी निकट विद्यार्थीबीच झडप भएको छ ।
झडपमा क्रान्तिकारीमा आबद्ध दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरुमा विश्राम शर्मा र गितेन्द्र भण्डारी छन् । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
त्यस्तै उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहनेहरुमा अखिल निकटका गणेश शाही र पंकज पाण्डे छन् । आइतबार साँझ घटना भएको प्रहरीले जनाएको छ ।