बैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा

सहयात्रा टिभी

काठमाडौँ । चैत १९, बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका लेखापाल प्रमोद निरौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

१५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनलाई अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को (क) बमोजिम कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

 

 

प्रकाशित : 1 April, 2024

प्रतिक्रिया दिनुहोस्