रवि गृहमन्त्री हुनासाथ सरकारबाटै अनुसन्धान रोकिंदा विश्वासको संकट भयो : कांग्रेस

सहयात्रा टिभी

काठमाडौं । चैत २०, नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नाम सहकारी संस्थाको रकम अपचलनमा नाम मुछिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग दोहोर्‍याएको छ ।

रास्वपा सभापति लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै कांग्रेसले यसबाट विश्वासको संकट उत्पन्न भएको जनाएको छ ।

आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले भने, ‘आरोप टुंग्याउन सहयोग गर्नुहोस् । सत्यतथ्य बाहिर नल्याएमा यसले तपाईंलाई कहिल्यै छोड्ने छैन ।’

विगतमा सहकारीको पैसा अपचलनमा लामिछानेको नाम जोडिएर सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुखले संसदीय समितिको बैठकमा छानबिन भइरहेको बताएको तर अहिले छानबिन प्रक्रिया अवरुद्ध भएको सांसद यादवले बताए ।

छानबिन प्रक्रिया रोकिँदा विश्वासको संकट उत्पन्न भएको उनले बताए ।

प्रकाशित : 2 April, 2024

प्रतिक्रिया दिनुहोस्