कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरे

काठमाडौं । चैत २७, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।
सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् ।
तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।
लगतै सभामुखले रास्वपा सांसद मनिष झालाई समय दिएका थिए, तर कांग्रेस सांसदहरु उभिएका छन् । अहिले सत्तारुढ दलका सांसदहरु पनि उभिएका छन् ।
सत्तापक्षले यो हाउस प्रतिपक्षीको मात्रै होइन भनिरहेका छन् भने प्रतिपक्षीले सत्ता अनुसार सभामुख चलेको आरोप लगाइरहेका छन् ।