कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । चैत २७, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

 

सभामुख घिमिरेले १५ मिनेटपछि बैठक बस्ने गरी संसद बैठक स्थगित भएको जानकारी गराएका हुन् । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।

सभामुख घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् ।

तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।

 

 

 

प्रकाशित : 9 April, 2024

प्रतिक्रिया दिनुहोस्