एकीकृत समाजवादीको अवसरवादी चरित्र भएको ओलिद्धारा आलोचना

काठमाडौं । वैशाख ३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेस गठबन्धनलाई साथ दिएकोमा एकीकृत समाजवादीको चर्को आलोचना गरेका छन् ।
यो अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भएको उनको दाबी छ ।
आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको बताए ।
एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले एकीकृत समाजवादीको यो निर्णय अराजनीतिक भएको बताए । उनले अघि भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।’
आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले बताए ।