शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे
सहयात्रा टिभी
काठमाडौं । वैशाख ४, शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।
पछिल्ला चार वटा कारोबार दिनदेखि घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ विन्दुमा झरेको छ ।
सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको शेयर १० प्रतिशतले ओरालो लागेको छ । आज एसबीएल डिबेञ्चर २०८९ र गुर्खाज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।
आज ५४ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब १० करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।