गण्डकी प्रदेश सभा आह्वान विरुद्ध कांग्रेसले अवहेलना मुद्दाको तयारी
सहयात्रा टिभी
काठमाडौं । वैशाख ६, गण्डकी प्रदेश सभा आह्वानविरुद्ध नेपाली कांग्रेसले सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
गण्डकी प्रदेश सरकारले संसद बैठक बोलाउनु अदालतको अवहेलना भएको कांग्रेसले निष्कर्ष निकालेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कानुनविद् बोलाएर विहान गण्डकीको प्रदेश सरकारबारे छलफल गरेका थिए ।
शीर्ष नेताहरु सहितको बैठकमा गण्डकी प्रदेश सरकार विरुद्ध अदातलमा जानुपर्ने ठहर गरिएको डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीले जानकारी दिए ।
गण्डकीमा शुक्रबार बस्ने गरी संसद बैठक आह्वान भएको छ । अदालतको आदेशविपरीत संसद बैठक आह्वान भएकाले अवेहलनाको मुद्दा दर्ता गर्न लागिएको गण्डकीका पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।