गोठमा लागेको आगो फैलिएर दाङमा एकको ज्यान गयो
सहयात्रा टिभी
काठमाडौं । वैशाख ७ , गोठमा लागेको आगो फैलिएर दाङमा एकको ज्यान गएको छ ।
लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको ज्यान गएको प्रहरीले जनाएको छ । बोटेको गोठमा गएराति लागेको आगो फैलिएर घरसम्म पुगेको थियो ।
घरमा आगो लागेपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पस्नुभएको थियो । त्यहीबेला आगोले जलेको प्रहरीको भनाई छ ।
आगोले वीरबहादुरको घर गोठ तथा उहाँका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानियबासिन्दाको पहलमा आगो निभाइएको छ ।