बझाङमा कांग्रेससँगको दमदार प्रतिस्प्रदामा एमाले झिनो मतले अग्रता

काठमाडौं । बैशाख १७, बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा कांग्रेससँगको दमदार प्रतिस्प्रदामा एमालेको झिनो मतले अग्रता पाएको छ ।
देखिएको छ । हिजो दिनभर एमालेले अग्रता लिएको यो ठाउँमा आज बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो । अहिले फेरि एमालेले झिनो मतले अग्रता लिएको छ ।
पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले फेरि २० मतले अग्रता लिएको छ । २७ हजार ३५७ सदर मतमध्ये एमालेका भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंह १० हजार ३९१ मत पाएका छन् ।