रानीपोखरी पुनः निर्माणको काम १५ दिनका लागि स्थगित

सहयात्रा टिभी

काठमाडौ  । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच  विवाद चर्किएपछि रानीपोखरी पुनः निर्माणको काम १५ दिनका लागि स्थगित हुने भएको छ।

बिहिबार महानगरपालिका, पुरातत्व विभाग र सरोकारवालाबीच  भएको छलफलमा पुनर्निर्माणको काम १५ दिन रोक्ने निर्णय भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनु भयो । समितिको प्रतिवेदन नआउन्जेल पुनर्निर्माणको सबै काम रोक्ने निर्णय भएको उहाले बताउनु भयो

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की संयोजक रहेको विज्ञ टोलीमा भवन विभागका पूर्वमहानिर्देशक सूर्यभक्त साँगाक्षे, सम्पदाविद् प्राध्यापक डाक्टर सुदर्शनराज तिवारीलगायत ११ जना रहेका छन्।

वि.सं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन स्थापना गरिएको इतिहासमा उल्लेख छ ।

प्रकाशित : 28 December, 2017

प्रतिक्रिया दिनुहोस्