छानबिन समिति बनेपछि कांग्रेसले गृहमन्त्री रविको राजीनामा नमाग्ने

सहयात्रा टिभी

 

काठमाडौं । वैशाख ३१, नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनेपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा नमाग्ने बताएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति बनेपछि कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने आशंका शुक्रबार व्यक्त गरेका थिए ।

कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री लामिछानेको राजीनामा नमाग्ने बताइसकेको छ ।

‘छानबिन समिति बन्यो भन्ने गृहमन्त्रीको राजीनामा कांग्रेसले माग्छ भनेर एमालेले भनिरहेको छ,’ कांग्रेसका शीर्ष तहका नेता भन्छन्, ‘छानबिन समिति बनेपछि गृहमन्त्रीको राजीनामा दिनुपर्दैन भनेर प्रधानमन्त्रीलाई भनिसकेका छौं ।’

कांग्रेसको बुझाइमा छानबिन समिति बन्दा गृहमन्त्रीले राजीनामा नदिने परिस्थिति नबनोस् भन्नेमा प्रधानमन्त्री देखिन्छन् । ‘प्रधानमन्त्रीलाई हामीले क्लियर गरिदिएका छौं । हामीले रविको राजीनामा माग्दै माग्दैनौं,’ कांग्रेसका शीर्ष तहका ती नेताले भने ।

संकटग्रस्त सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने माथि संसदीय छानबिन समितिको माग कांग्रेसले निरन्तर राख्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्ड समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन सकारात्मक देखिएका छन् ।

प्रचण्डले माओवादी केन्द्रको संसदीय दलको बैठक समग्रतामा छानबिन समिति बनाउन सकिने संकेत गरेका थिए ।

दुई दिन पछि पुनः बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले सोमबार साँझसम्म प्रधानमन्त्री प्रचण्डले छानविन समिति बनाउने सहमति गर्ने अपेक्षा गरेको छ ।

 

 

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्