कांग्रेस कार्यसम्पादन समिति बैठक : सांसद छनौट गर्ने मुख्य एजेण्डा

सहयात्रा टिभी

काठमाडौं । प्रदेशसभा सांसद्को टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बिहान बस्ने भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकको मुख्य एजेण्डा प्रदेशसभातर्फको समानुपातिक सांसद् छनोट गर्ने नै रहेको एक नेताले बताए ।

प्रदेशसभाको समानुपातिकमा कांग्रेसले ७२ सिट पाउने भए पनि अहिलेसम्म यसको टुंगो लगाएको छैन । निर्वाचन आयोगले सांसद छान्नका लागि नाम सिफारिस गरेर पठाउन आजसम्मको समयसीमा दिएकोले कांग्रेस थप दबाबमा परेको छ । एमालेले भने विहिवार मात्रै आफ्ना समानुपातिक सांसदको नाम टुंगो लगाईसकेको छ ।

प्रकाशित : 29 December, 2017

प्रतिक्रिया दिनुहोस्