नीति तथा कार्यक्रम प्रस्तुतका लागी संसद भवनमा राष्ट्रपति सवारीको रिहर्सल

सहयात्रा टिभी

काठमाडौं । जेठ १, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद भवनलाई सिंगारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन बजे बस्ने संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति आउनुअघि उनको सवारीको रिहर्सलसमेत गरिएको छ । रिहर्सलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दहाल, संसद सचिवालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीहरु सहभागी थिए ।

संसद भवन भित्र र बाहिर सुरक्षा व्यस्था चुस्त बनाइएको छ । सुरक्षाकर्मीहरुसँगै तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।

संघीय संसद भवनलाई राष्ट्रिय झण्डा, तोरन र फूलले सजाइएको छ । पानीको फोहोरा फ्यांक्ने फाउन्टेन पनि चलाइएको छ ।

 

 

 

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्