कोशीमा मुख्यमन्त्री कार्कीद्धारा सरकार विस्तारको तयारी

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्धारा सरकार विस्तारको तयारी गरेका छन् । सम्भव भए आजै सरकार विस्तार गर्ने उनको तयारी छ ।

तर, सत्ता घटक माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाटका विषयमा सहमति भइसकेको छैन । प्रदेशमा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित तीन मन्त्रालयमा दाबी गरेको छ ।

तर, मुख्यमन्त्री कार्की माओवादीलाई आर्थिक मामिला तथाा योजना मन्त्रालय दिन तयार छैनन । भौतिक पूर्वाधार मन्त्रालयसहित तीन मन्त्रालय लिन मुख्यमन्त्रीले माओवादी केन्द्रलाई प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्रलाई भौतिक पूर्वाधार, पर्यटन वन तथा वातावरण, सामाजिक विकास मन्त्रालय लिन प्रस्ताव गरेका थिए । कोशीमा नौं वटा मन्त्रालय छन् । जसमा एमालेले पाँच मन्त्रालय पाउने सहमति छ ।

एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीका लागि छुट्याइएको छ । तर, केन्द्रीय गठबन्धनमै असन्तुष्टि राखिरहेको एकीकृत समाजवादी पार्टीले प्रदेशमा विपक्षमा बस्ने घोषण गरिसकेको छ ।

 

 

प्रकाशित : 16 May, 2024

प्रतिक्रिया दिनुहोस्