प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेलाई सर्यो

काठमाडौं । जेठ ३, प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आज बिहान ११ बजेका लागि राखिएको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।