साेमबार प्रधानमन्त्री दाहालले चाैथाे पटक विश्वासको मत लिने

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते साेमबार विश्वासको मत लिने भएका छन् ।


प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्री दाहालले संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाइएको सभामुखको सचिवालयले जनाएको छ । यस विषयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेका छन् ।

जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२ं) बमोजिमको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रधानमन्त्री दाहालले चौथौ पटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।

प्रकाशित : 17 May, 2024

प्रतिक्रिया दिनुहोस्