संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरूद्धारा एकमत

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरूद्धारा एकमत व्यक्त गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसको आयोजनामा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने माग गर्ने निर्णय गरेको हो ।

बैठकले बिहीबार सभामुख देवराज घिमिरेले विपक्षीलाई पेलेर अगाडि बढ्न खोजेको विषयलाई पनि उठाउने भएको छ । विपक्षी दलहरूले हिजोको घटनाबारे सभामुखलाई संयुक्त रूपमा ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

अबदेखि कांग्रेसको मागलाई अन्य विपक्षी दलले पनि साथ दिने भएका हुन् । बैठकमा कांग्रेसका साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।

प्रकाशित : 17 May, 2024

प्रतिक्रिया दिनुहोस्