पूर्व फुटवल खेलाडी लाइबेरियाको राष्ट्रपतिमा विजयी

सहयात्रा टिभी

एजेन्सी ।  जर्ज उएच लाइबेरियाको राष्ट्रपतिमा विजयी भएको छन् । पूर्व फुटवल खेलाडी समेत रहेका जर्जले लाइबेरियाकै उपराष्ट्रपति जोसेफ बोकाइलाई पराजित गरेर विजयी भएका हुन ।

चुनावको परिणमपछि पूर्व फुटवल खेलाडीका समर्थकले त्यहाँको निर्वाचन कार्यालय अगाडि विजय उत्सव मनाएका छन् । ५१ वर्षीय जर्ज अफ्रिकाकै सबैभन्दा चर्चित फुटवल खेलाडी हुन ।लाइबेरियाको निर्वाचन आयोगले पूर्व फुटवल खेलाडी जर्जले ६१ दशमलव ५ प्रतिशत भोट प्राप्त गरेर विजयी भएकोे जनाएको छ । निर्वाचनमा जम्मा ९८ दशमलव १ प्रतिशत मत खसेकोे निर्वाचन आयोगले जनाएको छ ।

नेलसन मण्डेलाले जर्जलाई अफ्रिकाको गौरव व्यक्ति को उपाधि दिएका थिए । जर्जले सन् १९९० मा पेरिस सेन्ट जर्मेन र एसी मिलेबाट फुटवल खेलेका थिए ।

प्रकाशित : 29 December, 2017

प्रतिक्रिया दिनुहोस्