शरीरको कुन भागमा कोठी भएकाको हातमा फिटिक्कै पैसा अडिन्न

सहयात्रा टिभी

काठमाडौं । जेठ ५, तपाईंलाई पत्यार लाग्छ ? मानिसको हातमा भएको कोठीका कारण उसको हातमा कति पैसा रहन्छ र रहँदैन भन्ने जान्न सकिन्छ । शरीरमा कोठीको निकै महत्त्वपूर्ण प्रभाव रहन्छ । तपाईंले जति पैसा कमाए पनि तपाईंका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

समुद्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाईंसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ । यी भागमा कोठी भएका व्यक्तिको हातमा पैसा अडिन्न : बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता व्यक्तिको हातमा पैसा परे पनि खर्च भइहाल्छ । बचत गर्न सक्दैनन् ।

तल्लो ओठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओठमा कोठी भएका व्यक्ति भने कामुक हुने समुद्र शास्त्रमा उल्लेख छ । बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।

बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । यस्ता व्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ । चोरी औंलामा कोठी छ भने यस्ता व्यक्तिले जीवनमा धन अभाव भोग्छन् । हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता व्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागे पनि बचत हुँदैन ।

बायाँ आँखी भौँमा कोठी भएका व्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुद्र शास्त्रमा उल्लेख छ । बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता व्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।

प्रकाशित : 18 May, 2024

प्रतिक्रिया दिनुहोस्