कांग्रेस सांसदहरुले नाराबाजी र वेल घेराउ गर्दै बैठक अवरुद्ध गरे

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए । उनीहरुले आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताएका थिए । तर सभामुखले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु वेलमा आएर नाराबाजी गरेका हुन् ।

 

 

 

प्रकाशित : 20 May, 2024

प्रतिक्रिया दिनुहोस्